मधेश प्रदेश बाहेक अन्त वर्षाको सम्भावना

काठमाडौंः पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतेबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
फागुन १४, २०७८ शनिबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।