महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री खरेललाई 

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री खरेललाई 

काठमाडौं : यस वर्षको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेललाई प्रदान गरिएको छ। 

महेन्द्रनारायण निधिको १०० औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा खरेललाई एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिएको हो।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई पुरस्कार प्रदान गरिन । राष्ट्रपतिले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिन ।

यस्तै ‘प्रेमसागरी देवी निधि पुरस्कार’बाट सरस्वती चौधरी र सुवर्ण ज्वारचन पुरस्कृत भएका छन् । उनीहरुलेहरूले जनही एक लाख एक हजार प्राप्त गरेका छन्।

फागुन १३, २०७८ शुक्रबार २१:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।