रुस-युक्रेन युद्ध : राजधानी किभको सुरक्षाका लागि स्वयंसेवकलाई १८ हजार मेसिनगन

रुस-युक्रेन युद्ध : राजधानी किभको सुरक्षाका लागि स्वयंसेवकलाई १८ हजार मेसिनगन

काठमाडौं : रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको छ।

किभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए।

सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको बिबीसीले जनाएको छ।

यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मेसिनगन प्रदान गरेको जनाइएको छ।

रुसले बिहीबार बिहानबाट युक्रेनमा आक्रमण थालेको थियो। 

फागुन १३, २०७८ शुक्रबार २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।