प्रधानसेनापति शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरलबीच शिष्टाचार भेट

प्रधानसेनापति शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरलबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्ड लओबीईबीच शिष्टाचार भेटवार्ता भएको छ । 

शुक्रबार प्रधानसेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।

फागुन १३, २०७८ शुक्रबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।