नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं : ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हाँसिल गरेको थियो।
विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार यूएईसँग पराजित बनेको थियो । क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा टुंगिएको थियो।
शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो।
फागुन १३, २०७८ शुक्रबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।