रसुवा भन्सारले माघ महिनामा ४४ करोड राजश्व उठायो

रसुवा भन्सारले माघ महिनामा ४४ करोड राजश्व उठायो

रसुवा : रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८र०७९ को माघ महिनामा ४४ करोड मात्र राजश्व संकलन गरेको छ।

कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४४ करोड मात्र राजश्व संकलन गरेको बताएको छ ।

माघ महिनामा चीनमा ल्होसार पर्व तथा हिमपातका कारण चीन बाट सामाग्री नियमित आयात नहुँदा लक्ष्य पुरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेले जनाएको छ।

रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा चालू आर्थिक वर्षको सात महिनामा वार्षिक लक्ष्यको ६५ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ।

कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तः शुल्क, भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गरेको छ। चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ कोटा प्रणाली अन्तर्गत दैनिक नौ वटा चिनियाँ गाडिमा रेडिमेड कपडा, इलेकट्रोनिक सामान जलविद्युत आयोजनाका सामग्री तथा यातायातका साधन लगायतका सामग्रीहरू भित्रिने गरेको छ।

कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात शून्य छ।

फागुन १३, २०७८ शुक्रबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।