प्रचण्डसँगको छलफलपछि बालकोटमा देउवा

प्रचण्डसँगको छलफलपछि बालकोटमा देउवा

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुबाटारमा छलफल गरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगे।

फागुन १६ अगाडि एमसिसी टुङ्ग्याउने तयारीमा रहेका प्रधानमन्त्री देउवा पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सन्चारमन्त्री ज्ञानेन्द्र कार्की लिएर बालकोट पुगेका हुन्।

छलफलमा एमाले महासचिव शङ्कर पोखरेल र उप-महासचिव प्रदीप ज्ञवाली नि सहभागी छन्। सत्ताधारी दलबिचमै एमसिसीबारे सहमति नभएपछि देउवा एमालेसँग संवादमा छन्।

सभामुख हटाउनुपर्ने, एकीकृत समाजवादीका १४ सांसदलाई कारबाही र गठबन्धन छाड्नुपर्ने एमाले सर्तका कारण प्रधानमन्त्री देउवा सकारात्मक हुन सकेका छैनन्।

उता माओवादी केन्द्र र एकीकृत समाजवादीले संसद्मा टेबल भएको सम्झौता संशोधन नगरी पास गर्न नसक्ने निर्णय गरिसकेका छन्। 

फागुन १३, २०७८ शुक्रबार १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।