चितवनमा साढे तीन करोडको अवैध सामान बरामद

चितवनमा साढे तीन करोडको अवैध सामान बरामद

चितवन : चितवनको खैरहनी नगरपालिका–८ मा अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएको ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद  गरिएको छ।

प्रहरीले अवैध सामानसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरुले चार वटा ट्रकमा भन्सार छलि गरी कपडा, फलामको छड र भाँडावर्तन ल्याएका थिए । पक्राउ परेका चारै जना ट्रक चालक रहेका छन्।

पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले चार वटा ट्रक जाँच गर्दा ती सामान भेटिएको हो।

बरामद मालसामान, ४ वटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको  छ।

फागुन १३, २०७८ शुक्रबार १९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।