नक्कली नोटसहित तीन भारतीय पक्राउ

काठमाडौं : भारतीय नक्कली नोटसहित तीन भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन्।
विराटनगर–१३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा भारतको पूर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुमलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
भारतबाट विराटनगरतर्फ टेम्पोमा आइरहेका तीनै जनालाई ४८ वटा १ सय रुपैयाँको भारतीय नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फागुन १३, २०७८ शुक्रबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।