४५० रुसी सैनिक मारिएको बेलायती रक्षासचिवको दावी

एजेन्सीः बेलायती रक्षासचिव बेन वलेसले रुस र युक्रेनबीच जारी युद्धका क्रममा ४५० रुसी सैनिकको मृत्यु भएको बताएका छन्। उनले बेलायती गुप्तचरका अनुसार रुसले हमलाको पहिलो दिन आफ्नो उद्देश्य पूरा गर्न नसकेको पनि बताए।
'उनीहरू(रुस) हारे किनकी युक्रेनीहरूले लडे, युक्रेनीहरूले पुटिनलाई मुक्तिदाता सोच्नछन् भन्ने उनको इगोका कारण हारे', वलेसले भने।
यस्तै उनका अनुसार रुसले युक्रेनको राजधानी किएभको उत्तरतर्फ रहेको विमानस्थल कब्जा गर्न समेत सकेनन्।
फागुन १३, २०७८ शुक्रबार १५:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।