संसद् बैठक बस्न सकेन, १५ गतेलाई सर्‍यो

संसद् बैठक बस्न सकेन, १५ गतेलाई सर्‍यो

काठमाडौँ : अमेरिकी सहयोग परियोजना सम्झौता अनुमोदनमा सहमति नभएपछि संसद् बैठक १५ गतेलाई सरेको छ।
बिहीबार बोलाइएको बैठक आज १ बजेलाई सारिएको थियो।

संसद् सचिवालयले सूचना टाँसेर बैठक १५ गते १ बजेलाई सरेको जानकारी दिएको छ। सरकारको तयारी नपुगेको भन्दै कानुन मन्त्री दिलेन्द्र बडुले संसद् बैठक स्थगित गर्न आग्रह गरेका थिए।

आजको कार्यसूचीमा एमसिसीबारे छलफल गर्ने थियो। तर सरकारमा रहेका दलबिच नै एमसिसीबारे एक मत बन्न सकेको छैन। कांग्रेस पास गर्ने पक्षमा  छ भने अन्य विपक्षमा।

फागुन १३, २०७८ शुक्रबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।