माओवादी एमसिसी फेल नहुन्जेल सरकारमै रहने

काठमाडौँ : एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन नै धरापमा परेपछि नेकपा माओवादी केन्द्रका नेताहरू रणनीति बनाउन व्यस्त छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरू रणनीति बनाउन व्यस्त छन्।
छलफलका लागि पार्टीका पूर्व स्थायी कमिटी सदस्यहरू खुमलटार जुटेका हुन्। एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘एमसीसी फेल नहुँदासम्म सरकारबाट नबाहिरिने । कांग्रेस र एमालेसंग निरन्तर संवाद जारी राख्ने विषयमा कुरा भएको हो, यही प्रक्रियामै अघि बढ्छौँ।’ ती नेताले भने। आजको संसद् बैठकमा कसरी प्रस्तुत हुने र भावी कार्यदिशाबारे छलफल भएको ती नेताले जानकारी दिए।
एमसीसी परियोजना अहिलेकै अवस्थामा पास गर्न नसक्ने र संसदमा मत मत विभाजन भए विपक्षमा जाने निर्णय गरिसकेको माओवादीलाई सरकारमा नबस्ने र समय आएपछि निर्णय लिने बताउँदै आएको छ।
फागुन १३, २०७८ शुक्रबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।