प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। हिजो एकै दिन २५ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज उपभोक्तालाई केही राहत भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु ९८ हजार कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ।

फागुन १३, २०७८ शुक्रबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।