रुसले भयानक मिसाइल हमला गर्‍यो: युक्रेनी परराष्ट्रमन्त्री

रुसले भयानक मिसाइल हमला गर्‍यो: युक्रेनी परराष्ट्रमन्त्री

एजेन्सीः युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनमाथि भयानक मिसाइल हमला गरेको बताएका छन्। उनले ट्वीटरमार्फत रुसले मिसाइल हमला गरेको बताएका हुन्।

उनले लेखेका छन्- 'किएभ (युक्रेनको राजधानी)मा भयानक रुसी रकेट हमला। पछिल्लो पटक नाजी जर्मनीको हमलामा हाम्रो राजधानीले १९४१ मा यस्तो सामना गरेको थियो। युक्रेनले त्यो अभिशापलाई परास्त गरेको थियो र यसलाई पनि गर्नेछ।'

यसैबीच बीबीसीका अनुसार युक्रेनको राजधानीमा थुप्रै विस्फोटहरू भएका छन्। त्यहाँको एक अनलाइन सञ्चारमाध्यमका अनुसार युक्रेनी सेनाले राजधानी किएभको बाहिरी क्षेत्रमा रहेको एउटा पुल ध्वस्त पारेको छ। रुसी सेनालाई शहरभित्र पस्नबाट रोक्न पुल भत्काइएको हो।

फागुन १३, २०७८ शुक्रबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।