नेपालगञ्जस्थित जमुनाह नाका ६० घण्टाका लागि बन्द गरिँदै

बाँकेः नेपालगञ्जस्थित नेपाल–भारत जमुनाह सीमानाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ। भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते हुन गइरहेको विधान सभा निर्वाचनका लागि सीमानाका बन्द हुने भएको हो।
बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सीमानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिनेछ। आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ।
आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारी साधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताए।
फागुन १३, २०७८ शुक्रबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।