सर्लाहीको क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

सर्लाहीः जिल्लाको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरमा रहेको एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ। सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी भएको थियो।
आगलागीका क्रममा अलकत्रा मिसाउने मेसिन जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र त्यसपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले बताए।
फागुन १३, २०७८ शुक्रबार १०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।