नेटोले डोनबासमा सेना पठाउन सक्ने तर युक्रेनभित्र नपठाउने

एजेन्सीः उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ। नेटोका महासचिव जेन्स स्टोल्टबर्गले बिहीबार यस्तो धारणा राखेका हुन्।
उनका अनुसार नेटोले आफ्ना सेनाहरू स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका डोनबास क्षेत्रमा पठाउन सक्ने तर युक्रेनभित्र नपठाउने निर्णय गरेको हो। बिहीबार बसेको नेटोको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो।
यता सोही बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र सेना फिर्ता लैजान पनि आग्रह गरेको थियो। बैठले सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट समाधान खोज्न रुसलाई आग्रह गरेको थियो।
फागुन १३, २०७८ शुक्रबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।