रोकिराखेको माइक्रोमा मोटरसाइकल ठोकिँदा २६ वर्षीय आकाशको मृत्यु

काठमाडौंः गए राति चन्द्रगिरी नगरपालिका-७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो। चेकपोष्टबाट चन्द्रागिरि जाँदै गरेको प्रदेश३-०२-०११प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा२ख ७०४९ नम्बरको फोर्स माइक्रो बसमा ठोकिएको थियो।
गए राति ११ बजे भएको सवारी दुर्घटनामा संलग्न मोटरसाइकल र फोर्स माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ।
फागुन १३, २०७८ शुक्रबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।