टहरामा २२ बर्षिया युवतीको शव

टहरामा २२ बर्षिया युवतीको शव

काठमाडौँ : भक्तपुरको लोकन्थलीमा २२ बर्षिया युवतीको शव फेला परेको छ। टहरामा २२ बर्षिया सृजना बिकको शव फेला परेको हो।

प्रहरीका अनुसार उनी सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाकि हुन्।  उनी जस्ताको टहरामा भाडामा बसेकी थिइन्। प्रहरीले उनको शव टहराभित्र फलामको बलोमा सलको पासोमा झुन्डिएको अवस्थामा फेला पारेको हो।

शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। 

फागुन १३, २०७८ शुक्रबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।