आज एमसिसीमा छलफल होला ?

काठमाडौँ : अन्तिम समयमा आएर सरेको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बिहीबार तोकिएको बैठक सरेर शुक्रवार १ बजेका लागि तय भएको थियो।
आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ।
प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। माओवादी केन्द्र एमसिसीको विपक्षमा रहेकाले शर्माले पेस नगर्ने सम्भावना छ। उनी बिहीबार पनि काठमाडौँ बाहिर गएका थिए।
संसद्मा एमसिसी टेबल गर्न अर्थमन्त्री शर्मा नआएपछि सन्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टेबल गरेका थिए। एमसिसी पास गराउन कांग्रेस अन्य दलसँग छलफलमा छ भने माओवादी एमसिसी फेल गराउन अन्य दलसँग संवादमा सक्रिय छ।
दुवै दलले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
फागुन १३, २०७८ शुक्रबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।