कता लुके पल शाह ?

काठमाडौँ : नाबालिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छैनन्। काठमाडौँमै रहेका पल यता र उति भागेको भाग्यै छन्। प्रहरी खोजेको खोज्यै छन्।
पल कहिले बालुवाटार त कहिले पुतलीसडक गरेर बसेका छन्। उनले मङ्गलवार बेलुकादेखि मोबाइल अफ गरेका छन्। तर सामाजिक सञ्जालमा सक्रिय छन्।
पलले बुधवार केही अडियो सार्वजनिक गरेका छन्। सो अडियोमा उनले दुर्गेश थापा लगायतकाले फसाएको दाबी गरेका छन्। उता तनहुँ प्रहरीले घटनास्थलमा गएर मुचुल्का गरेको छ।
जाहेरीमा तनहुँ शुक्ल गण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा प्रदीप थापाको घरमा बलात्कार गरेको उल्लेख छ। प्रहरीले जाहेरी दर्तासँगै पक्राउ आदेश जारी गरेको थियो। तर पल फेला परेका छैनन्।
पलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, काठमाडौँ र ललितपुर परिसरको टोली खटिएको छ। उनले काठमाडौँ छाडेका छैनन्। तर पक्राउ नि परेका छैनन्।
फागुन १३, २०७८ शुक्रबार ०६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।