ओलीले अडान छोडेनन्, फेरि बस्ने गरी सकियो कांग्रेस-एमाले वार्ता

ओलीले अडान छोडेनन्, फेरि बस्ने गरी सकियो कांग्रेस-एमाले वार्ता

काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल विना निष्कर्ष टुंगिएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कुनै निर्णय हुन नसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।  

भेटमा देउवाले ओलीसँग एमसिसी पारितका लागि आग्रह गरेका थिए। जवाफमा ओलीले आफ्ना पुरानै अडान दोहोर्याएका थिए। 

'प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसहित नेताहरूसँग दिउँसो पनि लामो छलफल भयो, अहिले पनि लामो छलफल भएको छ,' कार्कीले भने, 'प्रधानमन्त्री देउवाले सबैको सहयोगमा एमसिसी सम्झौतालाई संसदबाट निकास दिने कुरा गर्नुभयो। तर उहाँहरूले पुरानै कुरा गर्नुभयो।' 

ओलीले आफूहरूका माग सम्बोधन गरेर संसदीय क्रियाकलापमा भाग लिने व्यवस्था मिलाउन आग्रह गरेको कार्कीले बताए। 

'हामीले जुन कुराले संसदमा प्रवेश पाएका छैनौँ । त्यो समस्या समाधान नभएसम्म हामीले संसदमा आएर कुरा राख्ने सम्भावना रहँदैन। त्यसैले संसद्मा पहिले हाम्रो सहभागिता हुने व्यवस्था गर्नुहोस्,' ओलीको भनाइ उद्धृत गर्दै उनले भने।

फागुन १२, २०७८ बिहीबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।