कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल जारी  

कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल जारी  

काठमाडौं : बालुवाटारमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल जारी छ ।

केहीबेर अघि एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए।

यसअघि दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो। 

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन्।

दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ। 
 

फागुन १२, २०७८ बिहीबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।