पोखरामा लागुऔषधसहित एक जना पक्राउ

पोखरा : पोखरामा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पोखरा- १०, रक्षामार्गबाट म्याग्दीको रघुगंगा गाउँपालिका- ७, चिमखोला स्थायी घर भई हाल पोखरा- १०, रक्षामार्ग बस्ने वर्ष २१ को सन्दीप पुनलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनको साथबाट ७५ एम्पुल डाइजिपाम, ७५ एम्पुल फेनारगन र ७५ एम्पुल आइबु्रनर्फिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको साथबाट मोबाइल १ थान सहित नियन्त्रणमा लिएको हो।
पक्राउ पुनमाथि लागुऔषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको डिएसपी तिवारीले बताए।
फागुन १२, २०७८ बिहीबार १९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।