प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनन्तनारायणबीच भेट

प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनन्तनारायणबीच भेट

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणबीच आज जङ्गीअड्डामा भेटवार्ता भएको छ।

त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा विचार–विमर्श भएको सेनाले जनाएको छ।

उक्त भेटवार्ताबाट दुई मुलुकका सेनाबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ  तुल्याउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

आजै जनरल अनन्तनारायणले कोरोना भाइरसविरुद्धको एक लाख मात्रा खोप नेपाली सेनालाई हस्तान्तरण गरेका थिए।

फागुन १२, २०७८ बिहीबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।