हालसम्म ४० युक्रेनी सेनाको मृत्यु, लिथुएनियाद्वारा सेना परिचालन, इस्टोनियाले हतियार सहयोग गर्ने

एजेन्सीः रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनका ४० सेना मारिएको बताइएको छ। युक्रेनी सेनाका अनुसार उनीहरूले ६ वटा रुसी विमान खसालेका छन् भने उनीहरूका तर्फ ४० सेना मारिएको बीबीसीमा उल्लेख छ।
द्वन्द्व बढ्दै जाँदा युक्रेनको राजधानी किभबाट नागरिकहरू शहर छोड्दैछन्।
यता लिथुएनियाका राष्ट्रपति गीतानस नसेडाले मुलुकमा आपत्काल घोषणा गरेका छन्। उनले आफ्नो मुलुकको सीमा रक्षाका लागि सेना पठाउने पनि निर्णय गरेका छन्। रुस र बेलारुसमा भइरहेको सेना परिचालनलाई ध्यानमा राख्दै लिथुएनियाको सीमामा सेना पठाउने निधो गरिएको हो।
यसैबीच इस्टोनियाका प्रधानमन्त्री काजा कल्लासले आफूहरू युक्रेनको समर्थनमा रहेको र राजनीतिक सहयोग गर्ने बताएका छन्। यस्तै इस्टोनियाले युक्रेनलाई हातहतियार पनि पठाउने भएको छ।
फागुन १२, २०७८ बिहीबार १८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।