रुकुमपूर्वमा टिपर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते

रुकुमपूर्वमा टिपर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते

रुकुम(पूर्व): जिल्लाको भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा दुई जना घाइते भएका छन्। 

बा२क ७०१८ नम्बरको टिपर ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे– ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले बताए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै दुर्घटनामा घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौदन्दीगढी नगरपालिका–५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन्। उनीहरू लामा कन्स्ट्रक्सनद्वारा निर्माण भइरहेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत थिए।

फागुन १२, २०७८ बिहीबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।