गगन थापा भन्छन्- गठबन्धन धरापमा परिसक्यो

गगन थापा भन्छन्- गठबन्धन धरापमा परिसक्यो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबाट एमसिसी पार नलाग्ने बताएका छन्। बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग उनले गठबन्धन धरापमा परेको बताए।

‘अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन। यो गठबन्धन अघि जाँदैन। धरापमा पुगिसक्यो,’ थापाले भने। 

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पु्नः छलफल हुने थापाले जानकारी दिए। ‘दल सरकार र गठबन्धनको विषय होइन। राष्ट्रको विषय हो। तपाईंहरुले दर्ता गर्नुभएको विषय हो। सदनको अवरोध हटाउने सबै विकल्पमा छलफल गरौं भन्ने कुरा प्रधामन्त्रीज्यूले राख्नुभयो,’ थापाले भने।

प्रधानमन्त्री देउवाको प्रस्तावपछि एमालेले आन्तरिक रुपमा छलफल गरेर साँझ ७ बजे पुनः ओली र देउवाबीच छलफल हुने उनले जानकारी दिए। छलफलमा गठबन्धनबाट सो विषयको पार नलाग्ने कुरा पनि भएको थियो।

फागुन १२, २०७८ बिहीबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।