गठबन्धनबाट पार नलागेपछि एमसिसी पास गर्ने बाटो खोज्दै देउवा

गठबन्धनबाट पार नलागेपछि एमसिसी पास गर्ने बाटो खोज्दै देउवा

काठमाडौं : गठबन्धन दलबाट पार नलाग्ने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गर्ने बाटो खोजिरहेका छन्। यही क्रममा उनी एमाले अध्यक्ष केपी ओली तथा सभामुखसँग वार्तामा छन्।

गत भदौदेखि आफूले कारबाही गरेका १४ सांसदको सूचना टाँस र पार्टी विभाजनमा सहयोग गरेका सभामुख अग्नि सापकोटाको राजीनामा माग गदै एमालेले संसद् अवरोध गर्दै आएको छ।

बिहीबार बालुवाटारको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पास नगर्ने र त्यसको साटो सडकमा जाने बताएपछि देउवा संसद भवनमै एमाले अध्यक्ष ओलीसँग वार्तामा छन्।

आफू ओलीसँग वार्तामा भैरहँदा ओलीले गुहमन्त्री बालकृष्ण खाँडलाई सभामुख सापकोटासँग संवाद गर्न खटाएका छन्। सभामुख सापकोटासँग सिंहदरबारमा उनकै कार्यकक्षमा गृहमन्त्री खाँडले छलफल गरिरहेका छन्।

फागुन १६ गतेभित्र संसदबाट अमेरिकी सहयोग पपयिोजना एमसिसी अनुमोदन गराउन दबाबमा रहेका प्रधानमन्त्री देउवा पास गर्ने माहोल बनाउने दौडधुपमा छन्।

फागुन १२, २०७८ बिहीबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।