गठबन्धनको आयुबारे देउवा र ओलीबीच छलफल

गठबन्धनको आयुबारे देउवा र ओलीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेमा अध्यक्ष केपी शर्मा ओलीबीच गठबन्धनको आयुको बारेमा छलफल भएको छ। एमालेका सचेतक विशाल भट्टराईले संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन्।

‘असार २८ गते बनेको अप्राकृतिक किसिमको गठबन्धन छ, यसलाई कसरी मुलुकको हितमा लगाउने वा गठबन्धन चल्न नसक्ने हो भने अब कसरी अघि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच कुरा भएको छ,’ उनले भने। 

गठबन्धनको बीचमा भएको विवादको कारणले संसद् बैठक स्थगित भयो र के कारणले संसद बैठक सर्यो, के कुरामा औपचारिक रुपमा एमाललेलाई जानकारी नभएको उनले बताए। अमेरिकी सहयोग परियोजना एमसिसीबारेमा उनले एमालेको पुरानै कुरा दोहोर्याए।

‘सरकारमा रहेका पार्टीहरुको साझा धारणा आएको छैन। कांग्रेसको स्पष्ट धारणा आएको छ। अन्य पार्टीहरुमा आधा पक्षमा आधा विपक्षमा छन्। गठबन्धनको स्पष्ट धारणा आओस् अनि एमालेको आउँछ,’ उनले भने।

फागुन १२, २०७८ बिहीबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।