बनेपामा मोटरसाइकल चोर्ने व्यक्ति ग्वार्कोबाट पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल सहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाडौं बस्ने वर्ष २३ का आर्टी तामाङलाई बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्बरको कालो, रातो रङको २२० सीसीको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
वास्तविक नम्बर प्रदेश ३-०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाइकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ।
फागुन १२, २०७८ बिहीबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।