संसद् बैठक स्थगितपछि देउवा-ओली भेट

काठमाडौँ : संसद् बैठक सरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच भेट भएको छ। संसद् भवनमै दुवैको भेट भएको हो।
आज राखिएको संसद् बैठक भोलिका लागि सरेको छ। सत्ता गठबन्धनका दलबिच एमसिसीले विवाद बढाएको बेला सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबिच भेट भएको हो।
भेटमा कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, एमाले नेता सुवास नेम्वाङ लगायतका सहभागी छन्।
फागुन १२, २०७८ बिहीबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।