बानेश्वरमा आज पनि नाराबाजी र अश्रुग्यास

बानेश्वरमा आज पनि नाराबाजी र अश्रुग्यास
तस्बिर: उपेन्द्र खड्का

काठमाडौंः मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ। विभिन्न संगठनले आज बानेश्वरको एभरेष्ट होटलअगाडि प्रदर्शन गरिरहेका छन्।

सुरक्षाका लागि सडकमा ब्यारिकेडसहित प्रहरी उपस्थित छन्। नेपाल प्रहरीको विशेष कार्यदलले अश्रुग्यास पनि प्रहार गरिसकेको छ।

आज बस्ने भनिएको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि छलफल सुरु हुने बताइएको थियो। यद्यपि सरकारको आग्रहमा आजको संसद् बैठक स्थगित गरिएको छ।

फागुन १२, २०७८ बिहीबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।