आजको संसद् बैठक स्थगित, भोलि १ बजे बस्ने

आजको संसद् बैठक स्थगित, भोलि १ बजे बस्ने

काठमाडौंः संघीय संसद्को बैठक स्थगित भएको छ। आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको हो।

प्रतिनिधि सभाको आगामी बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ। 

संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले आजको बैठक स्थगित गरिएको जनाइएको छ। 

फागुन १२, २०७८ बिहीबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।