एमसीसी विरोधी प्रदर्शनका कारण उपत्यकाका विभिन्न रूटमा चल्ने सवारी 'डाइभर्ट'

काठमाडौंः मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज पनि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी छ। प्रदर्शनका कारण उपत्यकाका विभिन्न रूटमा चल्ने सावरीलाई हाल 'डाइभर्ट' गरिएको छ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार तीनकुने, बानेश्वर र माइतीघर सडकखण्ड भएर चल्ने सवारी साधनलाई विभिन्न स्थानबाट ड्राइभर्ट गरिएको छ। तीनकुनेबाट नयाँ बानेश्वरतर्फ आउने सबै सवारीलाई तीनकुनेबाटै ड्राइभर्ट गरिएको छ।
पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतर्फ आउने सवारी साधनलाई पनि पुरानो बानेश्वरबाट सेतोपुलतर्फ पठाइएको छ। भद्रकाली सिंहदरबार माइतीघर भएर बानेश्वरतर्फ जाने ठूला सवारीलाई भद्रकालीबाटै ड्राइभर्ट गरी त्रिपुरेश्वर, थापाथली हुँदै पठाइएको छ।
माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सम्पूर्ण सवारी साधनलाई माइतीघरबाटै थापाथलीतर्फ पठाइएको छ। पद्मोदय मोडबाट पनि हनुमानथान हुँदै थापागाउँ जाने ठूला तथा तीनपाङग्रे सवारी साधनलाई पद्मोदय मोडबाटै ड्राइभर्ट गरिएको छ।
साथै शंखमुलबाट बानेश्वरतर्फ आउने सवारी साधनलाई पनि आउन दिइएको छैन। डाइभर्सनका कारण कोटेश्वर, थापाथली र त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका छन्। तीनकुने, नयाँ बानेश्वर र माइतीघर सडकखण्ड हुँदै सञ्चालन हुने सवारी साधनका चालकले वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
यस्तै सवारी दुर्घटनाको विषयलाई लिएर स्थानीयहरूले सडकमा अवरोध गरेका कारण जगातीबाट साँगा हुदै बनेपा जाने सवारी साधनलाई च्यामासिंह हुँदै सञ्चालन गराइएको छ।
फागुन १२, २०७८ बिहीबार १३:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।