कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौंः प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो।
समितिको बैठकले आजै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नेछ। आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौतामाथि छलफल गर्ने तयारी छ।
फागुन १२, २०७८ बिहीबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।