प्रहरीको गोली लागेर बारामा गाँजा तस्करको मृत्यु

प्रहरीको गोली लागेर बारामा गाँजा तस्करको मृत्यु

बाराः बुधबार राति प्रहरीको गोली लागेर घाइते भएका एक गाँजा तस्करको मृत्यु भएको छ। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।

हिजो राति सात/आठ जनाको समूहमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली गस्तीमा गएको थियो। त्यसक्रममा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा प्रहरीको टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएका थिए।

आत्मरक्षाका लागि प्रहरीले पनि गोली चलाउँदा उनको एक भारतीय नागरिकलाई कम्मरमा गोली लागेको थियो। त्यसपछि घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पताल ल्याइए पनि राति १:३० मा उनको मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले बताए। हाल शवलाई प्रदेशिक अस्पतालमा राखिएको छ। 

यस्तै प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भागेको र त्यसक्रममा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको थापाले बताए। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेका छन्।

फागुन १२, २०७८ बिहीबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।