साँगामा नम्बर नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा विशालको मृत्यु

काठमाडौंः काभ्रेको बनेपा नगरपालिका-१४ साँगामा गए राति नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बनेपा-१४ आशापुरीका अन्दाजी ३१ वर्षीय विशाल तामाङ रहेका छन्।
गए राति साढे १० बजे तामाङ सवार बा७४प ४५११ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको थियो। दुर्घटनालगत्तै फरार भएका सवारीसहित चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
फागुन १२, २०७८ बिहीबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।