विश्वकप खेल्ने अवसर गुमाएको नेपाल तेस्रो स्थानको लागि भिड्दै

विश्वकप खेल्ने अवसर गुमाएको नेपाल तेस्रो स्थानको लागि भिड्दै
तस्बिर: क्यान

काठमाडौंः आईसीसी टी ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा सेमिफाइनलमै रोकिएको नेपालले आज तेस्रो स्थानको लागि भिड्दैछ। नेपालको आजको प्रतिद्वन्द्वी घरेलु टोली ओमान हो। 

नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ। दुवै टोलीको लागि आजको खेलमा जित सान्त्वना मात्र हुनेछ। दुवै टोलीको विश्वकप सपनामा ब्रेक लागिसकेको छ।

सेमिफाइनलमा ओमान आयरल्याण्डसँग पराजित भएको थियो भने नेपाल यूएईसँग पराजित भएको थियो।

फागुन १२, २०७८ बिहीबार ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।