प्रदेश १, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना भएको हो।

यतिबेला सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ने बाँकी भूभागमा आंशिक बदली रहनेछ। सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राति भने सूदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

फागुन १२, २०७८ बिहीबार ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।