युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन अनुरोध, आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौंः रुस र युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन अनुरोध गरेको छ। मन्त्रालयले अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन अनुरोध गरेको हो।
मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरेको छ। यस्तै मन्त्रालयले युक्रेनमा रहेका ३८ जनाभन्दा बढि नेपाली नागरिक सकुशल रहेको र बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्कमा रहेको जनाएको छ।
यस्तै त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईंलाई सम्पर्क गर्न पनि बताएको छ। उनको सम्पर्क नम्बर +४९१७०९८०८०६३ र इमेल [email protected] रहेको मन्त्रालयले जनाएको छ।
यस्तै सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुशील मिमिरेलाई +७९६८०७०२८१५ र इमेल eonmoscow@mofa gov.np मा सम्पर्क गर्न सकिने समेत जनाएको छ।
फागुन ११, २०७८ बुधबार २२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।