पल शाहको खोजीमा खटियो सिआइबीसहितका प्रहरीका पाँच टोली

काठमाडौँ : बलात्कारको जाहेरी दर्ता भएपछि सीमित व्यक्तिको सम्पर्कमा रहेका अभिनेता पल शाहको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लगाएका टोली खटिएका छन्। तर उनलाई फेला पार्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएसँगै पक्राउका लागि सबै जिल्लामा सर्कुलर भएको थियो। पल काठमाडौँ उपत्यकामा रहेकाले उनको खोजी अहिले काठमाडौँ र ललितपुर क्षेत्रमा भइरहेको छ। कीर्तिपुरमा फिल्म' म यस्तो गीत गाउँछु-२' को प्रिमियरमा आउने आशङ्कामा प्रहरी त्यहाँ पनि पुगेको थियो। तर पल आएनन्।
विश्वस्त स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुर खटिएको छ।
उनी आफैँ तनहुँ गएर सरेन्डर गर्ने भनिए पनि उनले काठमाडौँ छाडेका छैनन्। उनी काठमाडौँभित्रै बसेर कानुनी परामर्श लिइरहेको उच्च स्रोतले बतायो।
फागुन ११, २०७८ बुधबार २०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।