राष्ट्रपतिसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतले पेस गरे  ओहोदाको प्रमाणपत्र

काठमाडौं : नेपालका लागि कोलम्बिया, क्युवा र कजाखस्थानका गैरआवासीय राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो सिमानकास मरिन र कजाखस्थानका नुरलान झलगास्बयाभले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

फागुन ११, २०७८ बुधबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।