स्रोत नखुलेको नौ लाख बढी रकमसहित भारतीय युवक पक्राउ

काठमाडौं : स्रोत नखुलेको नौ लाख रुपैयाँ बढी रकमसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवक महोत्तरीबाट पक्राउ परेका छन् ।
भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरीलाई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बुधबार अपराह्न भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरेर नेपाल ल्याउँदै गरेको नौ लाख ५० हजार रुपैयाँ मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा भारतीय युवक दीपक रकमसहित पक्राउ परेका हुन् ।
प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्रोत नखुलेको नौ लाख ५० हजार रुपैयाँ, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।
फागुन ११, २०७८ बुधबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।