सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सआ सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। 

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
 
आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्छ। कांग्रेस जसरी पनि निर्धारित समयसीमाभित्र एमसिसी पास गर्नुपर्ने पक्षमा छ।

फागुन ११, २०७८ बुधबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।