भरोसा नेपाल सहकारीका अध्यक्ष र उपाध्याक्ष सवा ६ करोड ठगेको आरोपमा पक्राउ

भरोसा नेपाल सहकारीका अध्यक्ष र उपाध्याक्ष सवा ६ करोड ठगेको आरोपमा पक्राउ

काठमाडौँ : बानेश्वरको भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका सञ्चालक समीतिका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डे पक्राउ परेका छन्।

१५ जना निक्षेपकर्ता सदस्यहरुले सहकारीमा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफूखुसी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखी ६ करोड २५ लाख रकम दुरुपयोग गरेको भन्दै सिआइबीमा उजुरी दिएका थिए। 

फरार रहेका अध्यक्ष र उपाध्यक्षलाई फागुन ४ गते सिआइबीले पक्राउ गरेको थियो।

फागुन ११, २०७८ बुधबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।