अस्थिर भयो सेयर बजार, दोहोरो अङ्कले झर्‍यो नेप्से

अस्थिर भयो सेयर बजार, दोहोरो अङ्कले झर्‍यो नेप्से

काठमाडौँ : साताको पहिलो दिन आइतबार ओरालो लागे पनि सोमबार र मङ्गलवार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो। तर चौथौँ दिन त्यो क्रम भत्कियो।

बुधवार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो। बुधवार नेप्से परिसूचक १५ दशमलव ५ अङ्कले घटेर २ हजार ७ सय २० दशमलव ४३ अङ्कमा झरेर बजार बन्द भयो।

सेन्सेटिभ इन्डेक्स ५.२२ अङ्कले घटेको छ। मङ्गलवारको तुलनामा कारोबार रकम समेत घट्यो। बुधवार दिनभर ४८ हजार ९ सय ११ कारोबारबाट २ सय २८ कम्पनीका ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर किनबेच भएको थियो।

बुधवार कारोबार रकम ३ अर्ब १३ करोड १२ लाख १० हजार पुग्यो। समग्रमा बजार घट्दा हाइड्रोपावर समूहको भने बढेको छ। दिब्यश्वरी हाइड्रोपावर र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

फागुन ११, २०७८ बुधबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।