बङ्गुरलाई चारो दिँदै गर्दा बाघको आक्रमण, महिलाको मृत्यु

बर्दियाः जिल्लाको ठाकुरबाबा नगरपालिका-४ सैनवारमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४१ वर्षीया लिली थारू रहेकी छिन्।
मङ्गलबार बेलुकी घरनजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा पाटेबाघले आक्रमण गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारूको शव फेला परेको छ।
फागुन ११, २०७८ बुधबार १४:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।