बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने जीवन पक्राउ

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने जीवन पक्राउ

सिन्धुपाल्चोकः आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुना वनकाली बस्ने ३२ वर्षीय जीवन तामाङ पक्राउ परेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

दाउरा चिर्ने विषयमा विवाद हुँदा जीवनले आफ्नै श्रीमतीलाई बञ्चरोले प्रहार गरेका थिए। त्यसपछि गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो।

यता लक्ष्मी घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन ११, २०७८ बुधबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।