नेष्डो समृद्ध लघुवित्तको आठ लाखभन्दा बढी कित्ता आईपीओ खुला

नेष्डो समृद्ध लघुवित्तको आठ लाखभन्दा बढी कित्ता आईपीओ खुला

काठमाडौंः नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासन गरेको शेयरको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी जारी पूँजी(रु २५ करोड ५०लाख)को ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेपश्चात बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको अधिकृत पुँजी रु ५० करोड र हालको जारी पुँजी रु २५ करोड ५० लाख तथा चुक्ता पुँजी रु १७ करोड २१ लाख २५ हजार रहेको छ।

फागुन ११, २०७८ बुधबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।